Banijya News

दोहोरो अंकले घट्यो नेप्से, कारोबार घटेर ३ अर्ब २३ करोड

1
1.0K Shares

साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १९.१३ अंक घटेर २५९९.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक घटेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरु १ प्रतिशतभन्दा कम घटेका छन् ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ११९ रुपैयाँ ६० पैसा बढेर ९१७ रुपयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने साहस ऊर्जाको कारोबार रकम साढे १० करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top