Banijya News

नेप्से घटेर २५९४.२७ विन्दुमा, कारोबार रकम भने बढ्यो

1
1.0K Shares

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्से आज मंगलबार ५.३० अंक घटेर २५९४.२७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । हिजो सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएकामध्ये सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १३७ रुपैयाँ ५० पैसा बढेर १ हजार ५४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.०७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये आज मंगलबार दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.९१ प्रतिशत घटेको छ ।

1

Scroll to Top