जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
जावलाखेल ग्रुपले भदौ १० गते भएको विपद्को यस घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीको सकुशलताको कामना गरेको छ ।
देशमा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवार तथा समुदायको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने घोषणा गरिएको हो ।
कम्पनीले विपद्का बेला प्रभावित नागरिकको साथमा रहन र आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

