Banijya News

मुक्तिनाथ म्युचुअल फन्ड–१ को लाभांश घोषणा

1
1.0K Shares

मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित मुक्तिनाथ म्युचुअल फन्ड–१ ले आफ्‌ना इकाइधनीलाई २.२० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश दिइने भएको हो । योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रयोजनका लागि भदौ २४ गते बुधबार एक दिनका लागि बुक क्लोज गरिनेछ । यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरू मात्र नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यस्तै, आफ्नो इकाइ धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका इकाइधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र नगद लाभांश वितरण गरिने व्यवस्था गरिएको छ ।

फन्डले लाभांश भुक्तानीका क्रममा प्रचलित आयकर ऐनअनुसार स्रोतमा कर कट्टी हुने भएकाले इकाइधनीहरूले आफ्नो स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गराउन आग्रह गरेको छ । प्यान अद्यावधिक नगरेमा लाभांश भुक्तानीमा समस्या आउन सक्ने जनाइएको छ ।

1

Scroll to Top