Banijya News

आईसीएफसी फाइनान्सद्वारा साढे १० प्रतिशत लाभांश घोषणा

1
1.0K Shares

आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

फाइनान्सको भदौ १६ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको ३७२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस हुनेछ । साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ छ। त्यसका आधारमा फाइनान्सले सेयरधनीलाई कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांशसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराइसकेको छ । यसको बोधार्थ नेपाल राष्ट्र बैंकका सम्बन्धित विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र नेपाल धितोपत्र बोर्डलाई समेत पठाइएको छ ।

1

Scroll to Top