Banijya News

भारतले पठायो पाँचौं लटको उद्धार तथा राहत सामाग्री

1
1.0K Shares

रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतले बुधबार बिहान विमानमार्फत पाँचौं खेपको सहयोग नेपाल पठाएको हो ।

भारतले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि नेपाल पठाएको भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बताएका छन् ।

यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

1

Scroll to Top