Banijya News

सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

1
1.0K Shares

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज नेपाली बजारमा चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top