नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूको प्रतिशेयर आम्दानी (ईपीएस) मा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य सुधार देखिएको छ । संस्थाहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष लघुवित्त क्षेत्रको औसत प्रतिशेयर आम्दानी करिब आठ गुणाले बढेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त संस्थाहरूको औसत प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ । यसअनुसार एक वर्षमै औसत ईपीएस २८ रुपैयाँ ४० पैसाले बढेको देखिन्छ ।
प्रतिशेयर आम्दानीका आधारमा सीवाईसी नेपाल लघुवित्ती वित्तीय संस्था सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको गत आर्थिक वर्षको प्रतिशेयर आम्दानी ११० रुपैयाँ ६६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको ईपीएस ३३ रुपैयाँ ८१ पैसा ऋणात्मक थियो । घाटाबाट उच्च नाफामा फर्किएसँगै कम्पनीको ईपीएसमा १४४ रुपैयाँ ४७ पैसाको सुधार भएको हो ।
त्यसपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था दोस्रो स्थानमा छ । कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८७ पैसा पुगेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ११ पैसा रहेकोमा एक वर्षमा ४९ रुपैयाँ ७६ पैसाले बढेको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको ईपीएस ६१ रुपैयाँ ८० पैसा पुगेको छ । अघिल्लो वर्षको ४५ रुपैयाँ ९९ पैसाबाट १५ रुपैयाँ ८१ पैसाले वृद्धि भएको हो । त्यस्तै, राष्ट्रिय लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ५९ पैसा पुगेको छ । अघिल्लो वर्ष ४३ रुपैयाँ ५२ पैसा रहेकोमा १५ रुपैयाँ ७ पैसाले सुधार भएको हो ।
अभियान लघुवित्तको ईपीएस ५७ रुपैयाँ ४ पैसा पुगेको छ । अघिल्लो वर्ष १ रुपैयाँ २२ पैसा रहेको कम्पनीको ईपीएस ५५ रुपैयाँ ८२ पैसाले बढेको हो । सपोर्ट लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ८२ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको २२ रुपैयाँ ११ पैसाभन्दा ३४ रुपैयाँ ७१ पैसा बढी हो ।
यसैगरी, उपकार लघुवित्तको ईपीएस ५२ रुपैयाँ ९३ पैसा पुगेको छ । अघिल्लो वर्ष १५ रुपैयाँ १ पैसा रहेकोमा ३७ रुपैयाँ ९२ पैसाले वृद्धि भएको छ । फरवार्ड लघुवित्त पनि उच्च ईपीएस भएका संस्थामध्ये परेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ १४ पैसा पुगेको छ । अघिल्लो वर्ष ३० रुपैयाँ ४८ पैसा ऋणात्मक रहेकोमा यसपटक उल्लेख्य सुधार आएको हो ।
माहुली लघुवित्तको ईपीएस ४९ रुपैयाँ ८८ पैसा पुगेको छ । अघिल्लो वर्ष ४ रुपैयाँ ६० पैसा रहेकोमा ४५ रुपैयाँ २८ पैसाले बढेको हो । त्यस्तै, डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ १५ पैसा रहेको छ । यो अघिल्लो वर्षको ३० रुपैयाँ ८८ पैसाको तुलनामा १७ रुपैयाँ २७ पैसा बढी हो ।
नेष्डो समृद्ध लघुवित्तको ईपीएस ४७ रुपैयाँ ३ पैसा पुगेको छ । अघिल्लो वर्ष ३० रुपैयाँ ८४ पैसा ऋणात्मक रहेको कम्पनीले गत वर्ष उल्लेख्य सुधार गरेको हो। मातृभूमि लघुवित्तको ईपीएस ४५ रुपैयाँ १३ पैसा पुगेको छ, जबकि अघिल्लो वर्ष ८३ रुपैयाँ २८ पैसा ऋणात्मक थियो ।
महिला लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९१ पैसा पुगेको छ । अघिल्लो वर्ष ९५ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेकोमा कम्पनीको ईपीएसमा १३३ रुपैयाँ २३ पैसाको सुधार भएको छ । स्वस्तिक लघुवित्तको ईपीएस २८ रुपैयाँ ४३ पैसा पुगेको छ । अघिल्लो वर्ष २५ रुपैयाँ ८४ पैसा ऋणात्मक रहेकोमा ५४ रुपैयाँ २७ पैसाले सुधार भएको हो ।
उन्नति सहकार्य लघुवित्तको ईपीएस २८ रुपैयाँ २ पैसा तथा आरम्भ चौतारी लघुवित्तको २७ रुपैयाँ ७९ पैसा पुगेको छ । इन्फिनिटी लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६६ पैसा रहेको छ भने स्वावलम्बन लघुवित्तको ३५ रुपैयाँ ४१ पैसा पुगेको छ ।
छिमेक लघुवित्तको ईपीएस भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८१ पैसा रहेकोमा अघिल्लो वर्ष ३७ रुपैयाँ ३८ पैसा थियो ।
यता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर आम्दानी सबैभन्दा कम देखिएको छ । कम्पनीको गत आर्थिक वर्षको ईपीएस ७ रुपैयाँ १ पैसा रहेको छ । अघिल्लो वर्ष २५ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेकोमा ३२ रुपैयाँ ८० पैसाको सुधार भएको हो ।
समग्रमा हेर्दा गत आर्थिक वर्ष लघुवित्त संस्थाहरूको नाफा तथा प्रतिशेयर आम्दानीमा व्यापक सुधार देखिएको छ । विशेषगरी अघिल्लो वर्ष घाटामा रहेका केही संस्थाहरू नाफामा फर्किएपछि क्षेत्रको औसत ईपीएसमा समेत ठूलो वृद्धि भएको देखिन्छ ।


