Banijya News

स्वरोजगार र विन नेपाल लघुवित्तबीचको एकीकृत कारोबार सुरु

1
1.0K Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आइतबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको थियो ।

प्राप्तिपश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन गरिने छ ।

आज दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू एक दिन बन्द रहने छ ।

प्राप्तिपश्चात् संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम रहनेछ । यसको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहने जनाइएको छ ।

1

Scroll to Top