Banijya News

जाजरकोटका १८८ भूकम्प प्रभावितले पाए पहिलो किस्ता रकम

1
1.0K Shares

जाजरकोटका १८८ भूकम्प प्रभावित परिवारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीको बैंक खातामा प्रतिपरिवार ५० हजार रुपैयाँका दरले रकम पठाइएको हो ।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार लाभग्राहीसँग सम्झौता भएपछि आवास अनुदान रकम खातामै भुक्तानी गर्ने व्यवस्था छ ।

पहिलो किस्ता प्राप्त गरेपछि लाभग्राहीले घरको प्लिन्थ लेभलसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ । त्यसपछि प्राविधिक टोलीबाट निर्माणको जाँच तथा प्रमाणीकरण भएपछि दोस्रो किस्ताको रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।

1

Scroll to Top