Banijya News

बाढी प्रभावितलाई कैदीबन्दीको सहयोग

1
1.0K Shares

भोटेकोशी बाढी प्रभावितलाई चितवनको कारागारमा रहेका कैदीबन्दीले सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक संकलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लांकेट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नेल कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइँयो १२५ सेटका दरले उपलब्ध गराएका छन् ।

कैदीबन्दीले १०० देखि दुई हजारसम्म नगद र श्रमदान गरी ती सामग्री उपलब्ध गराइएको हो । तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन्। जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् ।

1

Scroll to Top