Banijya News

दोहोरो अंकले नेप्सेमा गिरावट, कारोबार रकमले चार अर्ब नाघ्यो

1
1.0K Shares

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोारे अंकले घटेर बन्द भएको छ । पछिल्ला चार कारोबार दिन बढेको नेप्से आज बुधबार घटेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक १५.४३ अंक घटेर २५४५.४० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से घटेपनि आज बुधबार कारोबार रकम भने बढेको छ । गत सोमबार ३ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएकामध्ये अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ३९ रुपैयाँ बढेर २९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, शुभम् पावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य १५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top