Banijya News

एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत लाभांश पारित

1
1.0K Shares

एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आज शुक्रबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा सञ्चालक समितिको अध्यक्ष रुपेश लुईटेलले रु.२० करोड चुक्तापूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.२८ करोड ९८ लाख भन्दा बढी आम्दानी गरी रु.१० करोड ५१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी गराए ।

त्यसैगरी, व्यवसायतर्फ असार मसान्त, २०८३ सम्म ८ लाख ६३ हजार भन्दा बढी डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र दुई वटा खुलामुखी योजना गरी जम्म ६ वटा योजना मार्फत रु.७ अर्ब भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको, लगानी व्यवस्थापन सेवा अन्तर्गत ७१० जना ग्राहकहरुबाट रु.३ अर्ब भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, सेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आईडिया टु आईपीओ सेवा अन्तर्गत २५ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए ।

साथै, क्यापिटलले दशौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म ३४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको बताए ।

1

Scroll to Top