आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको कम्पनीको १४.२५ प्रतिशत दरको कुल १ लाख ११ हजार ६३९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
संस्थाको सूचीकृत शेयर भोलि शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

