Banijya News

पाँच निर्माण कम्पनी परे कालोसूचीमा

1
1.0K Shares

तोकिएको समय अवधिमा काम सम्पन्न गर्न नसकेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित गर्दै उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो ।

कार्यालयका अनुसार पूर्वाधार विकास कार्यालय, झापाको सिफारिसका आधारमा नागार्जुन/नीलगिरी जेभीलाई कालोसूचीमा राखिएको छ । उक्त जेभीका मुख्य व्यक्ति ध्रुवराज डाँगी रहेका छन् ।

सोही कार्यालयको सिफारिसका आधारमा गोविन्द प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालि र युवराज डाँगी मुख्य व्यक्ति रहेको निलगिरी निर्माण सेवा प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, फिक्कल गाउँपालिकाको सिफारिसका आधारमा हिमानी काब्य कन्स्ट्रक्सन सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण व्यवसायीका मुख्य व्यक्ति बाबुराम तामाङ रहेका छन् ।

यसैगरी, कालिका नगरपालिकाको सिफारिसका आधारमा अभर्न कन्स्ट्रक्सन प्रालिलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति अभिषेक गोले रहेका छन् ।

1

Scroll to Top