Banijya News

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?

1
1.0K Shares

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको थियो । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५२ हजार ३१५ रुपैयाँ तोकिएको हो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६५५ रुपैयाँ थियो । यसअनुसार चाँदी एकैदिन प्रतितोला १४५ रुपैयाँले सस्तिएको हो ।

1

Scroll to Top