सुनचाँदीको भाउ बुधबार बढेको छ । तीन दिन लगातार घटेको सुनचाँदीको भाउ आज बढेको हो ।
हिजो मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी पनि प्रतितोला ३० रुपैयाँ बढेर तोलाको ४ हजार ४ सय २५ मा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी तोलाको ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

