Banijya News

मुक्तिनाथ कृषि कम्पनीको नाफा ६६.५ प्रतिशतले बढ्यो

1
1.0K Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले व्यापार तथा सञ्चालन आम्दानी विस्तारसँगै गत आर्थिक वर्षको तुलनामा नाफा ६६.५ प्रतिशतले बढाएको हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १ करोड १० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार कम्पनीको नाफा ७३ लाख ६ हजार रुपैयाँले बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ६० लाख ३४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा बढेर २७ करोड ६८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ६६.८ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको कुल आम्दानी ३ करोड २० लाख ४६ हजार रुपैयाँबाट बढेर ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ३ करोड ३३ लाख १६ हजार रुपैयाँ रहेको छ भने करअघिको नाफा २ करोड ४४ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापूँजी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ८० करोड ४७ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल सम्पत्ति १ अर्ब ३३ करोड १२ लाख २९ हजार रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको कुल इक्विटी ८० करोड ८६ लाख ४५ हजार रुपैयाँ र कुल दायित्व ९९ करोड ६१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ । वार्षिकीकरण गरिएको ईपीएस गत वर्षको ६ रुपैयाँ २९ पैसाबाट बढेर समीक्षा अवधिमा ९ रुपैयाँ ६९ पैसा पुगेको छ ।

1

Scroll to Top