केही दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य आज सोमबार बढेको छ । पछिल्ला केही दिनयता निरन्तर घटेको सुनको मूल्य आज प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर सोमबार प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।


