Banijya News

सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति पुग्यो ?

1
1.0K Shares

पछिल्लो दुई दिन बढेको सुनचाँदीको मूल्यमा आज बुधबार भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top