नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ग्रोथ फण्डको इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डले प्रतिइकाई १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
फण्डको कुल आकार १० करोड इकाई रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम ९०० इकाई अर्थात् ९ हजार रुपैयाँदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । इकाईमा मंसिर ९ देखि १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको सी–आस्बा प्रणाली वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


