Banijya News

एनआईसी एशिया बैंकले पायो साफा अवार्ड

1
1.1K Shares

१७, मंसिर, २०७६, काठमाण्डौ ।एनआईसी एशिया बैंकले साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ ।
मंसिर १४ गते शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंकले उक्त अवार्ड पाएको हो । द इन्स्टिस्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल(आईक्यान)बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टि्फिकेट प्राप्त गर्न सफल भएको छ । साथै, बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स( सर्टि्िफकेट अफ मेरिटबाट सम्मानित भएको छ ।
मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गरेका हुन् ।
सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।

1

Scroll to Top