Banijya News

देवः विकासको कारोबारको नगद फिर्ता योजना

1
1.1K Shares

०२ पौष, २०७६, काठमाडौं । देवःविकास बैंकले क्यासलेस बैंकिङ प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद फिर्ता योजना ल्याएको छ ।
बैंकको मोबाइल बैंकिङ तथा देवः ई–बैंकिङबाट टपअप गर्दा कारोबार रकमको २ प्रतिशत फिर्ताको योजना पनि बैंकले ल्याएको छ । यस सुविधाअन्तर्गत पीओएस मेशिनबाट कारोबार गर्दा पुस १ गतेदेखि लागू हुनेगरी कारोबार रकमको ३ प्रतिशत रकम बैंकले फिर्ता गर्ने भएको छ ।
नेपालभर कुनै पनि भिसा नेटवर्कको एटीएमबाट नगद निकाल्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्थालाई यथावत् राखी भारतमा समेत भिसा नेटवर्क एटीएमबाट नगद निकाल्दा कारोबार शुल्कबापत लाग्ने शुल्क रू. २५० बाट घटाएर सोही मितिबाट लागू हुनेगरी रू. १५० बनाइएको छ ।

1

Scroll to Top