Banijya News

प्रभुु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेडलाई मर्जर गर्न हस्ताक्षर

1
1.1K Shares

बिहिबार ३ पौष २०७६
काठमाडौं – प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेडवीच मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा बिहीवार हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैंक लिमिटेडका अध्यक्ष देविप्रकाश भट्टचन, प्रभु बैंक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका,अम्बिका शर्मा लामिछाने, प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालकर प्रवर्द्धकहरु त्था समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालकर प्रवर्द्धकहरुको उपस्थिति थियो । मर्जरपछि प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको छ । मर्जरपछि कम्पनीको रू. ८० करोड भन्दा बढी चुक्तापूँजी हुनेछ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतीपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको छ ।

1

Scroll to Top