Banijya News

प्रभु बैंकको २०१ औं शाखा सर्लाहिको मलंगवामा सञ्चालन

1
1.1K Shares

बिहिबार ३, पौष २०७६
काठमाण्डौ – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज बिहीबारदेखि सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उदद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गर्दै अघि बढिरहेको छ । ‘प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवीलगायतको उपस्थिति थियो । मलंगवा शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा मलंगवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

1

Scroll to Top