Banijya News

एनसीसी बैंकको साधारण सभा आजः लगानीकर्तालाई बोनस सेयर

1
1.1K Shares

१७ माघ, २०७६, काठमाडौं ।

माघ ७ गते एक दिन बुक क्लोज गरेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकको बार्षिक साधारणसभा आज बस्दैछ । सभा विहान ११ बजेबाट त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेलमा हुदैछ । एनसिसिले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागी ०.७८ प्रतिशत नगद लांभास वितरण गर्ने भएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ छ । बोनस सेयरपछि पुँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्नेछ ।
सभामा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिनुको साथै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा प्राप्ति गर्न उपयुक्त देखिएमा त्यस सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ ।

1

Scroll to Top