Banijya News

नेपाल बंगलादेश बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण, सार्वजनिक नाफामा झिनो प्रगति

1
1.1K Shares

२२ माघ, काठमाडौं ।
नेपाल बंगलादेश बैंक लिमिटेडले आफनो चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८० करोड ७७ लाख मु–नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा १.८२ प्रतिशतले नाफा बढाएको छ भने समीक्षा अवधिमा बैंकको वितरणयोग्य मु–नाफा ४३ करोड ८१ पुगेको हो ।

बैंकको संचालन मु–नाफा १ अर्ब ५ करोडबाट बढेर १ अर्ब १२ करोड पुगेको छ भने खूद ब्याज आम्दानी २.९६ प्रतिशतले घटेर १ अर्ब ३९ करोड बाट १ अर्ब ३५ करोडमा पुगेको छ । अहिलेको अवस्थामा आईपुग्दा सम्म बैंकले निक्षेप संकलनमा ५.६२ प्रतिशतले बढाएर ६३ अर्ब १२ करोड पु¥याएको छ भने ५७ अर्ब ९३ करोड बढी कर्जा परिचालन गरेको छ् । अघिल्लो वर्षको यही अवधिको तुलनामा कर्जातर्फ १०.३१ प्रतिशतको बढाउन सफल भएको छ ।
बैंकको ३ अर्ब ३१ करोडमा बाट रिजर्बको आकार बढी ३ अर्ब ६८ करोडको पुगेको छ । रिटेन अर्निङ भने १२.६८ प्रतिशतले घटदा १ अर्बबाट ८८ करोडमा झरेको छ ।
बैंकको खराव कर्जा भने १.७८ बाट बढेर १.९२ प्रतिशत पुगेको छ् । बैंकको क्यापिटल एडेक्वेसी रेसियो १२.९५ प्रतिशत, सीसीडी अनुपात ७२.९५ प्रतिशत, बेस रेट ९.९२ प्रतिशत, वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.९७ रुपैयाँ, पीई १०.१६ गुणा कायम भएको छ ।

1

Scroll to Top