Banijya News

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको ए.टि.एम. सेवा समुद्घाटन

1
1.1K Shares

२२ माघ, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा ए.टि.एम.सेवा संचालनमा ल्याएको छ । उक्त ए.टि.एम.सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच समुद्घाटन गर्नु हुंदै नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त ए.टि.एम.बाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताउनुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


बैंकको ३ न. प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गर्नुभएको थियो ।
सो समारोहमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछाने, प्रहरी उपरिक्षक सविन प्रधान, नेपाली सेनाका गणपति शिवप्रसाद पौडेल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ, सशत्र प्रहरी उपरिक्षक विश्वकुमार भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु रिको स्थापित, सरोज बस्नेत, सहायक प्रबन्धक लुज श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ ।

1

Scroll to Top