Banijya News

सिद्धार्थ बैंकको शाखा विस्तार

1
1.1K Shares

२२ माघ, काठमाडौं ।

सिद्धार्थ बैंकले विभिन्न ठाउँमा शाखा विस्तार गरेको छ । बाँकेको न्यूरोड नेपालगञ्ज र बीपी चोकमा मंगलबार बैंकले शाखा कार्यालय उद्घघाटन गरेको हो ।

न्यूरोड नेपालगञ्ज शाखाको उद्घघाटन नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापामगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी बीपी चोक शाखाको उद्घघाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए ।

हाल बैंकले देशभर १८० वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पोस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

1

Scroll to Top