०४ फागुन, काठमाण्डौ ।
मेघा बैंक नेपाल लिमिटेडले विद्यार्थीलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले कालिकोटको ताडीस्थित जनजिवन माध्यमिक बिद्यालयका बिद्यार्थीका लागी वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा बिशेष गरी बैंकिङ कर्जा सम्बन्धी जानकारी दिईएको थियो । कार्यक्रममा बोल्दै मेघा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तय साक्षरता र वित्तिय जागरणको बारेमा बिद्यार्थीलाई जानकारी गराएका थिए । त्यस्तै बिद्यार्थीलाई दैनिक जीवनमा बैंकको आवश्यकता र मह्त्व ,बैंकको नेटवर्क र बित्तिय कारोबार को बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिद्यार्थीलाई भविश्यको योजना ,सुरक्षित बचत ,कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मुलक लगानी ,पारिवारिक बजेट योजना तथा जोखिम न्युनीकरण लगायतको बिषयमा समेत जानकारी प्रदान गरिएको थियो ।


