Banijya News

सिभिल बैंकको १०९ औँ शाखा नवलपरासीको सुनवलमा

1
1.1K Shares

०५ फागुन, काठमाण्डौ ।
सिभिल बैंक लिमिटेडले १०९ औँ शाखाको रुपमा नवलपरासी जिल्लाको सुनवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमका बिच बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले संयुक्तरूपमा उक्त शाखाको उद्घघाटन गरेका हुुन् ।
उक्त शाखाको उद्घघाटन समारोहमा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुंगाना, सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा, सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, बैंकका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनितिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकमा हाल चार लाख १५ हजारभन्दा बढी ग्राहकहरू रहेको ५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५० अर्ब रूपैयाँ कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखासमेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या एक सय नौ पुगेकोे छ ।

1

Scroll to Top