११ फागुन, काठमाण्डौ ।
एनएमबि बैंकले पोखरामा वित्तीय साक्षरता अभियान सम्पन्न गरेको छ । बैंकको पोखरास्थित गण्डकी प्रदेश कार्यालयले ग्राहकहरुसम्म थप बैंकिङ पहुच विस्तार गर्ने उदेश्य सहित कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।
कर्मचारी तथा ग्राहकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा बैंकले ग्राहकहरुका लागी सचेतना विस्तार, वित्तीय जानकारी, नोटको सुरक्षालगायत विषयमा जनकारी दिईएको थियो ।
कार्यक्रम प्लेकार्डसहित प्रदेश कार्यालय चिप्लेढुंगाबाट सुरु भएको र्याली न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नयाँबजार र पोखरा नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गर्दै पुनः चिप्लेढुंगा पुगेर अभियान समापन भएको थियो ।
सहभागीले आजको लगानी भोलिको सुनौलो बिहानी, तपाईंको बचत हाम्रो सुरक्षा, बचत गर्ने बानी बसालौँ, बैंकिङ सुविधाको प्रयोग गरौँ, आजको बचत भोलिको समृद्धिको आधार, समस्या पूर्वसूचना दिएर आउँदैन त्यसैले समयमै तयार रहौँ, अवैध वित्तीय कारोबार नगरौँ, नोट सफा राखौँ केरमेट नगरौँ लेखिएका प्लेकार्ड बोकेका थिए ।
बैंकले हाल देशका विभिन्न स्थानमा १६३ शाखा, १३१ एटिएम मार्फत आफ्नो सेवा विस्तार गर्दै आएको छ ।


