देवः विकास बैंक लिमिटेडको तेहौं वार्षिक साधारण सभा संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा काठमाडौमा सम्पन्न भयो । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका शेयरधनीहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी भएर अनलाइनबाटै सम्पूर्ण निर्णय भयो । सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंक लि.को संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७७÷७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वसम्मतिबाट पारित भए ।
विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५÷७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ८.५५ प्रतिशत अर्थात रु. २७,१६,४२,१२९.२९ (अक्षरेपी रु. सत्ताइस करोड सो¥ह लाख बयालिस हजार एक सय उनानतिस र पैसा उनानतिस मात्र) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित भयो ।
बिशेष प्रस्ताव अन्तर्गत देवः विकास कुमारी बैंक लि.ले प्राप्ति गर्ने र सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता शेयर बराबर कुमारी बैंक लि.को ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता शेयर दिने गरी शेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्ति सँग सम्बन्धित स्वीकृतीका गर्दे पास समेत भयो ।
देवःले साधारण सभाले कुमारी बैंक लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष आमिरप्रताप राणाको अध्यक्षतामा बैंकले सोमबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बैंकको नक्साल प्राङ्गणमा विशेष साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवः विकास बैंकको प्राप्तिको प्रस्ताव पारित गरेको छ ।
कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरूका माझ एक समारोहबीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरूको अनुमोदन सम्पन्न भएको छ । उक्त प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रूपैयाँभन्दा बढी हुनेछ । साथै, निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा लगानी एक खर्ब पाँच अर्ब र शाखा सञ्जाल भने दुुई सय नौ हुनेछ । यस विशेषसाधारण सभामार्फत प्राप्तिपश्चात् कुमारी बैंकको प्रतिकित्ता सेयर बराबर देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।
कोभिड–१९ काकारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत सेयरधनीहरूको मन्तव्य, सुझाव लिएको थियो । यो विषम परिस्थितिमा डिजिटल प्लाट फमर्मा उल्लेखनीय सहभागिताका लागि सेयरधनीहरूलाई सम्पूर्ण बैंकको सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले धन्यवाद व्यक्त गरे ।
बैंकको आन्तरिक वित्तीय, मानव स्रोत, प्राविधिक एवं अन्यक्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन भई सोप्रति सर्वसाधारणको विश्वसनीयतामा अभिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड ३० लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


