Banijya News

योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता

1
1.1K Shares


बैंकिङ कसूरमा सजाय पाएर कैद भुक्तान गरेका योगेन्द्र श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ ।
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष श्रेष्ठ सोही संस्थामार्फत निक्षेपकर्ताको रकम र कर्जा अपचलन गरेपछि बैंकिङ कसूरमा सजाय पाएका थिए ।

श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक अर्ब ७१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

विभागका कर्मचारीले मंगलबार नै मुद्दा दर्ता गर्नको लागि विशेष अदालत पुगेको भएपनि फाइल अध्ययन गर्न समय नपुगेको भन्दै अदालतले आज मुद्दा दर्ताको लागि आउन भनेको थियो ।

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीबाट एक अर्ब ९६ करोड पाँच लाख ४७ हजार रुपैयाँ ऋण श्रेष्ठले दुरुपयोग गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठ नेपालको बैंकिङ इतिहासमा नै सबैभन्दा ठूलो रकम घोटाला गर्नेमध्येमा पर्छन् ।

1

Scroll to Top