१२ असोज, काठमाण्डौ ।
नबिल बैँकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने भएको छ । शेयर धितो कर्जा नबिल बैंकको सब्रै शाखाहरुबाट प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।
यस अनुसार बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी वार्षिक ७.७५ प्रतिशत ब्याजमा कर्जा प्रदान गर्ने छ । बैंकले ५० लाख अथवा सोभन्दा बढीको कर्जा प्रदान गर्ने जनाएको हो ।


