०३ कार्तिक, काठमाण्डौ ।
सिटजन्स बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने बताएको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पछि र आगामी साधारण सभाले पारित गरे पश्चात मात्र बैंकले बोनस वितरण गर्ने जनाएको छ ।


