०३ कार्तिक, काठमाण्डौ ।
प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालनमा आएको छ । बैकंले आफ्नो शाखा विस्तार गर्ने क्रममा कात्तिक ३ गते सोमबार रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा संचालनमा ल्याएको हो ।
बैंकको लिवाङ शाखा कार्यालयको उद्घघाटन रोल्पा नगर पालिका कामेयर पुर्ण केसीले गरेका छन् ।
सो अवसरमा शाखा कार्यालयको उद्घघाटन गर्दै केसीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गर्न सफल भएको बताए ।
साथै, उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए ।
गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त शाखा बिस्तारसँगै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग हुने बैंकले विश्वास व्यक्त गरेको छ ।


