Banijya News

इन्फ्रास्ट्रक्चर बैंकले मंसिर ३ गते डाक्यो साधारणसभा, ८ अर्बको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिने

1
1.1K Shares

५ कार्तिक, काठमाण्डौ ।


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा आउँदो मंसिर ३ गतेलाई डाकेको छ । सञ्चालक समितिको गत कात्तिक २ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।
सभा काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा अनलाइन प्रविधिमार्फत हुनेछ ।
बैंकले ८ अर्बको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव सभामा पारित गर्नेछ । ०.२ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै नेपाल सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकका तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहनेछ ।
आईपीओ निष्कासनलाई आवश्यक सबै प्रक्रिया र कार्य गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारी अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

1

Scroll to Top