Banijya News

लुम्बिनी विकास बैंकको नयाँ शाखा ललितपुरको मंगलबजारमा

1
1.1K Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मंसिर २९ गतेदेखी ललितपुरको मगंलबजारमा आफ्नो ६९औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोवारको सुविधा प्राप्त हुने जानकारी सो बैंकले दिएको छ ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैंकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी रु २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।

1

Scroll to Top