मेगा बैंकले आफ्ना शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
मेगा बैंकले शेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले सञ्चित नाफा र वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार ४ सय १६ रुपियाँ रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनीले जनाएको छ ।


