Banijya News

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट लाभांश पारित, ३ जना सञ्चालक नियुक्त

1
1.1K Shares

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ । सभाबाट हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सयको ४ प्रतिशत नगद लाभांश (कर समेत) र १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

बोनश शेयरपछि बैंकको साविक जारी तथा चुक्ता पुँजी बढेर १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ पुगेको छ । सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, गत आवको नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भएको छ । विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।

1

Scroll to Top