नेप्सेमा सुचिकृत वाणिज्य बैंकमध्ये नविलले सेयरधनिलाई सबैभन्दा धेरै लाभांस दिने भएको छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै ३८ प्रतिशत लाभांस घोषणा गरेको हो ।
नबिलले ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांस गरी कूल ३८ प्रतिशत लाभांस दिने भएको हो । मंगलबारसम्म नेप्सेमा सुचिकृत २६ वटै वाणिज्य बैंकहरुले लाभांस घोषणा गरेका छन् । २७ वाणिज्यबैंकमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन। दोस्रोमा हिमालयन बैंकको लाभांस २६ प्रतिशत र तेश्रोमा कृषि विकास बैंकको लाभांस २.०५२६ प्रतिशत छ । जसमध्ये हिमालयनले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांस र कृषिले २० प्रतिशत बोनस सेयर तथा १.०५२६ प्रतिशत नगद लाभांस घोषणा गरेका छन्।
त्यस्तै माछापुछ्रेले १४, ग्लोबल आईएमईले १३.५, स्टयाण्डर्ड चार्टर्डले १३.०६, प्रभुले १२.६३, मेगाले १२.०७, लक्ष्मीले ११.५, एभरेष्टले १०.३२, कुमारीले ८.६७, एनसीसीले ८.४२, सनराइजले ७, सेञ्चुरीले ६.०५, नेपाल एसबीआईले ५.३१ प्रतिशत लाभांस घोषणा गरेका छन् । सानिमाले १७.८९, नेपाल बैंकले १७, प्राईम कमर्सिलयले १६.६३१३,, नेपाल इन्भेष्टमेन्टले १६, १६, एनएमबीले १५.८, एनआईसी एसीयाले १५.७८९५, नेपाल बंगलादेशले १५.५, सिद्धार्थले १५, बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांस घोषणा गरेका छन् ।
यी मध्ये केही बैंकले लाभांस वितरण समेत गरेका छन भने केहीले भर्खर घोषणा गरेका हुन् ।


