नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ३९.३६% हकप्रद शेयर प्रयोजनको कम्पनीले चैत १४ गते बुक क्लोज गरेको हो । कम्पनीको ३९.३६ प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६३ रूपैयाँ २७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ६६ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । लगानीकर्ताले वैशाख १५ गतेसम्म आवेदन दिन सक्ने छन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।


