गरिमा विकास बैंकको वार्षिक साधारण सभा बस्ने भएको छ। बैंकको फागुन २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्ड, विरौटा साधारण सभा हुने जानकारी दिएको हो । उक्त सभा बिहान साढे १० बजेबाट सरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांस वितरण गर्न प्रस्ताव गरेको छ। चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कायम चुक्ता पूँजीको ५१ प्रतिशत लाभांस पारित गर्ने छ । त्यसैगरी , संस्थापक सेयर कायम गर्न नपुगेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्काशन गर्ने भएको हो ।
सभाले कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्पूणर् कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । चैत ३ गते बिहीबरसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


