मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । २०७७ साल साउन ११ गते पश्चात शेयर खरीद गरेका वा आइपीओ परेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको हो । एनएमबि बैंकको खाता नम्बर ०७८००६६१२८३०००१२ मा कर वापतको रकम जम्मा गर्नु पर्नेछ । कर जम्मा गरे पछि मात्र सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट १७ %बोनस शेयर वितरण गरेको थियो ।


