Banijya News

नबिल बैैकद्वारा जलवायु परिवर्तन सम्बन्धी कार्यशाला

1
1.1K Shares

नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई लिएर जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ ।
अप्रिल १५मा ललितपूरको भिभान्ता होटलमा आयोजना गरिएको थियो । उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

ला इस्ला नेटवर्क एक अनुसन्धान र परामर्ष संस्था हो, जसले विश्वभर रहेका कामदार तथा उनीहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ ।

जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।

प्रवासी कामदार र बिप्रेषण नेपाली अर्थव्यवस्थाको निकै महत्वपूणर् भाग रहेको छ र यिनै बिषयलाई मध्यनजर राखी नबिल बैंकद्धारा संचालन गरिएको यो कार्यशाला नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो कार्यशाला हो । नबील बंैकले दिगो बिकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो विकाशको लागी महत्वपूणर् रहने विश्वास गरिएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा बेप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कुटनीतिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द्र प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गरेको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूणर् रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यशालाको दौरान जेसनले बढ्दैै गएको तापक्रमको कारण धेरै स्वास्थ्य समस्या थपिदै गएको र प्रवासी कामदारहरूमा जलवायु परिवर्तनले पार्न गएको असर सम्बन्धमा सहभागीहरूको ध्यानाकर्षण गराएका थिए ।

बढ्दो तापक्रम र गर्मीका कारण मृगौलामा आउन सक्ने समस्या जलवायु परिवर्तनका कारण सृजना भएको पहिलो माहामारी हुन सक्ने समेत उनले बताए ।

त्यसैले सरोकारवालाहरूले कामदारहरूको कार्यस्थलको अवस्था, पर्याप्त पिउने पानीको व्यवस्था सुनिश्चित गर्नसके मात्र जलवायु परिवर्तन र तापक्रम कारण शुरू भएको नयाँ रोगहरुबाट प्रवासी कामदारहको स्वास्थ्यलाई जोगाउन सकिने उनको भनाइ छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परीवर्तनको प्रभाव सबै जिवीत जीवहरूमा उच्च मात्रामा देखिन थालेता पनि यसलाई कम गर्नेतर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउँदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

कार्यक्रममा उपस्थित सहभागीहरूले सक्रिय सहभागिता जनाउनुका साथै नेपाली मुद्रा बिप्रेषण संघका कार्यकारी सदस्य प्रवीन अधिकारी र म्यानपावर एजेन्सीको प्रतिनिधिको रूपमा सुवर्न श्रेष्ठले आफ्नो बिचार व्यक्त गरेका थिए ।

कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सबै सरोकारवालाहरूलाई सँगै राखी यस्तो गम्भीर बिषयमा छलफल गर्ने वातावरण मिलाईदिएकोमा नबिल बैंकलाई बिशेष धन्यवाद ज्ञापन गर्दै कार्यशालाको समापन गरेका थिए ।

1

Scroll to Top