कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
बैंकको विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.३२ प्रतिशत कम हो । गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६२ प्रतिशत बढेको छ । साथै, सञ्चालन मुनाफा ०.७७ प्रतिशत घटेको छ । निष्क्रिय कर्जा १.०९ प्रतिशतबाट घटेर ०.९६ प्रतिशतमा झरेको छ ।
बैंकको चुक्ता पूँजी ६ प्रतिशत तथा जगेडा कोष १०.४७ प्रतिशत बढेको छ । बैंकको निक्षेप संकलन १३.४२% र कर्जा लगानी १३.०८% ले वृद्धि भएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६५ पैसा छ ।


