Banijya News

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर हुने

1
1.1K Shares

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जाने भएका छन् । दुई बैंक मर्जरमा जानका लागि पछिल्लो एक महिनादेखि दुई बैंकका सञ्चालकबीच कुराकानी जारी रहेको थियो । सो कुरा फाइनल भएसँगै मर्जरमा जाने सहमति जुटेको हो । ‘कुनै अड्चन नआएमा एकसाताभित्रमा मर्जरको सम्झौतामा हस्ताक्षर हुने छ,’मर्जर प्रक्रियामा काम गरिरहेको स्रोतले यो जानकारी दिएको छ ।

यी दुई बैंक १००ः९० अनुपातमा मर्जरमा जान लागेका छन् । मर्जर भए पछि भने बैंक इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट सञ्चालन हुने भएको हो । त्यसैगरी, बैंकको सञ्चालक समितिको अध्यक्ष अहिलेका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने तथा प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे हुने सहमति भएको छ ।

अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ३०७ रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैकले सावजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग भने १ खर्ब ४७ अर्बको निक्षेप रहेको हो । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ । चुक्ता पुँजीको आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको चुक्ता पुँजीको १६ अर्ब १२ करोड रहेको छ ।

बैंकको चुक्ता पुँजी भने ३२ अर्ब ८० करोड मर्जरमा गए पछि हुने भएको हो ।

1

Scroll to Top