नयाँ आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना साउनका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। जेठ र असार महिनामा खासै परिवर्तन नभएको ब्याजदर नेपाल राष्ट्र बैंकको दबाब र अन्य आर्थिक गतिविधिले गर्दा घटेको हो।
बुधबार बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार, असारको तुलनामा साउनका लागि १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। यसको विपरीत, ४ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् भने २ बैंकले सामान्य बढाएका छन्। समग्रमा, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत बिन्दुले घटेको छ। असारमा ५.९०२ प्रतिशत रहेकोमा साउनका लागि यो ५.६८७ प्रतिशतमा झरेको छ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई पनि ब्याजदर घटाउनुको मुख्य कारण मानिएको छ। मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको थियो। यसका साथै, स्थायी तरलता सुविधा दर ६.५ प्रतिशतबाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाइएको थियो। यी परिवर्तनहरूले बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब पुगेको विश्लेषकहरू बताउँछन्।
वर्षभरिको कुल पुँजीगत खर्चमध्ये असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएकोले पनि ब्याजदर घट्न सहयोग पुगेको बताइएको छ। सरकारी खर्च बढ्दा बजारमा तरलता बढ्ने र यसले ब्याजदर घटाउन मद्दत गर्ने गर्दछ।
कुन बैंकले कति घटाए / बढाए ?बैंकहरु वैशाख जेठ असार साउन नबिल ५.७५ ५.७५ ५.७५ ५.५० नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ५.५ ५.५ ५.२५ माछापुच्छ्रे ६ ६ ६ ५.५० हिमालयन ५.५ ६.२५ ६.२५ ६ नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.३५ एभरेष्ट ६.६१ ६.६४ ६.५५ ६.२५ एनआईसी एसिया ६.६ ६.६ ६.५५ ६.२५ स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२६ लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.५० कुमारी ५.९२ ५.९१ ५.५१ ५.४१ सिद्धार्थ ६ ५.७५ ५.७५ ५.७५ सानिमा ५.९५ ६.३३ ६.३३ ६.१८ एनएमबि ६.६ ६.६ ६ ६ प्रभु ६.१ ६.१ ६.१ ४.२५ ग्लोबल आइएमई ६ ६ ६ ६ सिटिजन ५.६५ ५.६५ ५.६५ ५.५० प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६ कृषि विकास ५.५१ ५.५१ ५.४५ ५.४० नेपाल बैंक ५.१५ ५.४५ ५.४५ ५.४० राष्ट्रिय वाणिज्य बैंक ६ ६ ६ ५.५०


