Banijya News

फ्रन्टलाइन अस्पताल र प्रभु बैंकबिच विशेष छुट सम्झौता

1
1.1K Shares

नयाँ बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल र प्रभु बैंक लिमिटेडबीच सेवाग्राहीलाई लक्षित छुट प्रदान गर्ने विशेष सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, तिनका परिवार सदस्य तथा ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमा उपलब्ध सेवा सुविधामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

सम्झौतापत्रमा फ्रन्टलाइन अस्पतालका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रमेश कुमार श्रेष्ठ र बजार व्यवस्थापक दिना चित्रकारले हस्ताक्षर गरेका छन्।

नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख ग्राहकलाई सेवा दिँदै आएको प्रभु बैंक ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नारासहित बैंकिङ सेवा प्रवाह गर्दै आएको छ।

1

Scroll to Top